Sur Cinema

‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं : आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने नेपाली सिनेमा ‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक गरिएका छन् । पोस्टरमार्फत मुख्य कलाकारहरूको फरक लुक्स प्रस्तुत गर्दै प्रेम, परिवार, सम्बन्ध र सामाजिक कथावस्तुको झलक दिइएको छ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको सिनेमामा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझीलगायत कलाकारको अभिनय रहेको छ। आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको सिनेमालाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।