Sur Cinema

५१औँ दिनमा ‘लालीबजार’, १० करोड क्लबतर्फ उन्मुख

काठमाडौँ : गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको सिनेमा ‘लालीबजार’ले आज प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। सिनेमाले काठमाडौं, भक्तपुर, बुटवल, इलाम र नेपालगञ्जका विभिन्न हलमा सफल प्रदर्शन जारी राखेको छ।

कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईले दर्शकको साथप्रति आभार व्यक्त गर्दै ५१औँ दिनको अवसरमा विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेको बताए। उनका अनुसार सिनेमाले नेपालपछि युरोपबाट अन्तर्राष्ट्रिय प्रदर्शन सुरु गरिसकेको छ भने क्रमशः जापान, अस्ट्रेलिया र अमेरिकामा पनि प्रदर्शन हुनेछ।

यम थापा निर्देशित ‘लालीबजार’ यस वर्षको सफल नेपाली सिनेमामध्ये एक बनेको छ। घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरिसकेको फिल्म १० करोड क्लबतर्फ उन्मुख छ।
सिनेमामा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापालगायत कलाकारको अभिनय रहेको छ भने विशाल देवकोटा र प्रशंसा सुवेदीले यही सिनेमाबाट अभिनयमा डेब्यु गरेका छन्।