Sur Cinema

एक महिनामै सकियो ‘सारथी’को छायांकन

काठमाडौं : अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सिनेमा ‘सारथी’को म्याग्दीस्थित गुर्जा खानी क्षेत्रमा छायांकन सम्पन्न भएको छ। वैशाख १५ गतेदेखि सुरु भएको छायांकन एक महिनामै सकिएको हो।

निर्देशक कुमार गजुरेलका अनुसार अब काठमाडौंमा एक दिनको छायांकन मात्र बाँकी रहेको छ। त्यसपछि सिनेमा पोस्ट–प्रोडक्सनमा जानेछ र प्रदर्शन मिति घोषणा गरिनेछ।

सामाजिक कथावस्तुमा आधारित ‘सारथी’मा करिब दुई दशकपछि उत्तम प्रधान र निरुता सिंह पुनः एकसाथ पर्दामा देखिएका छन्। सिनेमाले गुर्जाको संस्कृति, जीवनशैली, प्राकृतिक सौन्दर्य तथा पर्यटन सम्भावनालाई उजागर गर्ने प्रयास गरेको छ।