काठमाडौं : ‘लालीबजार’ षट्कोण आर्ट्सद्वारा निर्माण गरिएको सामाजिक विषयवस्तुमा आधारित सिनेमा हो, जुन वैशाख १८ गतेदेखि प्रदर्शनमा आउँदैछ। यम थापाको निर्देशन रहेको यस सिनेमामा अभिनेत्री स्वस्तिमा खड्काले बादी समुदायकी महिला ‘मधुवाला’को भूमिका निर्वाह गरेकी छन्।
सिनेमा आमा र छोरीको संवेदनशील कथामा आधारित छ, जसलाई वास्तविक बनाउन निर्माण टिमले बर्दियामा पुगेर अनुसन्धानसमेत गरेको थियो। सामाजिक यथार्थ, संघर्ष र ममताको कथा प्रस्तुत गर्ने ‘लालीबजार’ लाई स्वस्तिमाले आफ्नो अभिनय यात्राको महत्वपूर्ण मोडका रूपमा लिएकी छन् ।

















