Sur Cinema

३८० कलाकार र बदलाको रोमाञ्चक कथामा सिरिज ‘साहु बा’

काठमाडौं : नेपाली डिजिटल प्लेटफर्ममा वेबसिरिजको बढ्दो लहरबीच नयाँ सिरिज ‘साहु बा’ दर्शकमाझ चर्चामा आएको छ। म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुति रहेको यस सिरिज साप्ताहिक रूपमा युट्युबमार्फत प्रसारण भइरहेको छ र हालसम्म दुई एपिसोडले सकारात्मक प्रतिक्रिया पाएका छन्।

‘क्राइम, एक्सन र रिभेन्ज’ कथामा आधारित सिरिजले वृहत् क्यानभास, सशक्त एक्सन र सिनेम्याटिक प्रस्तुतीकरणमार्फत ध्यान तानेको छ। विशेषतः ३८० भन्दा बढी कलाकारको सहभागिता यसको प्रमुख आकर्षण हो।

विजु पार्की मुख्य भूमिकामा रहेको सिरिजमा सीमापारि अवैध कारोबार र बदलाको कथा प्रस्तुत गरिएको छ। निर्देशक सुजोय योङको यो परियोजना तीन वर्ष लगाएर तयार पारिएको हो।

‘साहु बा’ हरेक साता साँझ ६ बजे म्युजिक नेपालको युट्युब च्यानलमा सार्वजनिक हुँदै आएको छ भने सबै एपिसोड MOMO एपमा पनि उपलब्ध छन्।