Sur Cinema

‘महापुरुष’को सुटिङमा कसैसँग मनमुटाव भएन : राजाराम पौडेल

१ कार्तिक २०७९
काठमाडौं :
आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘महापुरुष’ले राजधानीमा मंगलबार पत्रकार विशेष भेटघाट कार्यक्रम गरेको छ। सिनेमाको प्रदर्शन नजिकिँदै गर्दा मोफसल टुर सम्पन्न गरेर प्रचारप्रसारमा थप मद्दत होस् भनेर गरिएको पत्रकार विशेष भेटघाटमा सिनेमाका कलाकार संगै अधिकांश मिडियाको उपस्थित थियो।

कार्यक्रममा बोल्दै सिनेमाका कलाकार राजाराम पौडेलले सुटिङका क्रममा कसैसँग, कहिँकतै, कहिल्यै पनि मनमुटाव नभएका बताएका छन् । सौहार्द रुपमा काठमाडौंमा छायांकन गरिएको ‘महापुरुष’ राम्रो सिनेमा भएको पनि उनले जिकिर गरे। त्यसो त, उक्त कार्यक्रममा सिनेमाका अन्य कलाकारहरुले पनि आ-आफ्नो भनाइ राखेका थिए।

सोसल ड्रामा भनिएको ‘महापुरुष’का निर्देशक एवम् लेखक प्रदीप भट्टराई हुन् । षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । सिनेमामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अर्जुन छेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी अन्जनाको यो डेव्यु सिनेमा हो। यसै सिनेमा बाट अन्जनाले सिनेमा क्षेत्रमा यात्रा तय गर्दैछिन् । अन्जनालाई निर्माण टिमले अडिसनबाट छनोट गरेक थियो।