काठमाडौं : उँधौली बिदाको अवसर पारेर निर्देशक सुशान्त गौतमको सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ आज (बिहीबार)बाट देशभर प्रदर्शनमा आएको छ। कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा रहेको यो सिनेमालाई मल्टिप्लेक्सहरूमा सन्तोषजनक शो मिलेको छ।
सोमबारको प्रिमियरमा सिने मेकर, कलाकार र पत्रकारले दिएको सकारात्मक प्रतिक्रिया पछि निर्माण टिमले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।
सिनेमामा मुकेश खनालको लेखन, शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स र मदन घिमिरेको सम्पादन छ। अतिथि भूमिकामा रेखा थापा देखिएकी छन्।
निर्माता विनोद पौडेल र गुञ्जन गिरी रहेको यो सिनेमा नेपाली र हिन्दी दुवै भाषामा नेपालसहित विश्वभर रिलिज गरिएको छ।















