Sur Cinema

‘पीआर’ ट्रेलर : प्रेम, बिछोड र आफ्नो देश सर्वोपरि भन्ने भावना प्रस्तुत

काठमाडौं : शोभित बस्नेत निर्देशित सिनेमा ‘पीआर’को आधिकारिक ट्रेलर मङ्गलवार काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । ३ मिनेटको ट्रेलरले अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूको सपना, सङ्घर्ष, पारिवारिक दबाब र पीआर पाउने यात्रामा भोगिने कटु यथार्थलाई मार्मिक रूपमा देखाएको छ।

प्रेम, बिछोड र आफ्नो देश सर्वोपरि भन्ने भावनालाई समेत समेटिएको ट्रेलरले मजबूत कथावस्तुको संकेत गर्छ । मङ्सिर २६ गतेदेखि देशभर प्रदर्शनमा आउने सिनेमामा आर ए सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरीलगायत कलाकारको अभिनय छ।

गणेश बुढाथोकीले लेखन गरेको सिनेमा सलोन–सलिना फिल्म्सको ब्यानरमा बनेको हो, जसका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी तथा निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन्।