काठमाडौं : आगामी पुष १० गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘मुगलान’ले सोमबार आफ्नो नयाँ प्रेमिल गीत ‘मेरो प्रियतम्’ सार्वजनिक गरेको छ। गीतको भिडियोमा मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाललाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ, जहाँ उनीहरूको जोडी निकै आकर्षक देखिन्छ।
गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर, सिर्जना लम्सालको शब्द, किरण भुसालको संगीत तथा रिदम कँडेलको एरेञ्ज छ। कोरियोग्राफी देवेन्द्र कुँवर, छायांकन अजय रेग्मीले गरेका छन्। यसअघि सार्वजनिक भएको ‘पिन्टु पियारी’ गीतले पनि राम्रो प्रतिक्रिया पाएको थियो।
रिहान प्रोडक्सनको ब्यानरमा बनेको सिनेमामा प्रभात र स्मारिकासहित श्री शिभान्सी, दिनेश डीसी, रामचन्द्र अधिकारी, खबपु, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला आदिको अभिनय छ। आशिष ढकाल लिखित–निर्देशित सिनेमाका निर्माता गोमन सिंह र सह–निर्मात्री रिता चौधरी हुन्। सम्पादन तारा थापा (किम्भे), द्वन्द्व जय बिष्ट–राम गुरु, बिजिएम रिदम कँडेल, डिओपी अजय रेग्मी छन्।
सिनेमाको डिजिटल राइट्स युएनए इन्टरटेन्मेन्टले खरीदेको छ भने वितरण आरआर फिल्म्सले गर्नेछ।















