काठमाडौं : तत्कालीन समाजको तितो यथार्थ हो विवाएत्तर सम्बन्ध । विवाहित मानिस जब अरु कसैको प्रेममा पर्छ र घर परिवारलाई बेवास्था गर्न सुरु गर्छ त्यसको पीडा उसको वास्तविक पार्टनर बाहेक अरुले बुझ्न सक्दैन । यही तितो वास्तविकतालाइ मुख्य आधार बनाएर गीत “तिमीलाई दिएको आँसु” सार्वजनिक भएको छ ।
सरद लाल जोशीको स्वर शब्द संगीत र संगीत सम्योजन रहेको गीतको भिडियोको स्कृप्ट र निर्देशन सिवानी बज्रचार्यले गरेकी छन । भिडियोमा सोहित मानन्धर, भिन्तुना जोशी र नेहा मालाकरको बेजोड अभिनय रहेको छ ।















