काठमाडौं : हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको सिनेमा ‘झरीपछिको इन्द्रेणी’को पोस्टर आइतबार सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अधिकांश कलाकारलाई क्यारेक्टर लुकमा प्रस्तुत गरिएको छ।
नागराज इन्टरटेन्मेन्टद्वारा निर्मित यो सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दैछन्। छायांकनका लागि उनी अमेरिकाबाट नेपाल फर्किएका थिए। सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय रहेको छ।
यस सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन्। बाल कलाकारमा दिप्सन चिलवाल देखिनेछन्। एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा छन्।
निर्देशक घिमिरेकै कथामा आधारित सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्।
छायांकन बुद्ध थापा, निर्मात्री अनिशा सेन्दाङ लिम्बु, सह–निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की, तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन्।















