Sur Cinema

टर्कीमा नेपाललाई गौरवान्वित बनाए गिटार वादक समिप न्याैपानेले

काठमाडौं : नेपालका युवा प्रतिभा समिप न्याैपानेले टर्कीमा सम्पन्न गोल्डेन किड्स इन्टरनेशनल कार्यक्रममा सहभागी भई नेपाली संगीतको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रस्तुति दिएका छन्।

नेशनल डायरेक्टर प्रमिला सिलवालको प्रतिनिधित्वमा सहभागी न्याैपानेले नेपालीपन झल्किने गिटार धुनमार्फत सबैको मन जिते। निर्णायक र दर्शकले उनको समर्पण, आत्मविश्वास र मौलिकताको प्रशंसा गर्दै उनलाई “भविष्यको अन्तर्राष्ट्रिय कलाकार” भनेका थिए।

सानैदेखि संगीतप्रेमी समिप निरन्तर अभ्यास र लगनका कारण दक्ष गिटार वादकका रूपमा पहिचान बनाउँदै आएका छन्। उनको यो उपलब्धिले नेपाली बाल प्रतिभा प्रोत्साहनमा नयाँ ऊर्जा भरेको छ।

समिपले भने, “टर्कीमा नेपाललाई प्रतिनिधित्व गर्नु गर्वको विषय हो। भविष्यमा नेपाली संगीतलाई अझ ठूलो मञ्चमा पुर्‍याउने लक्ष्य राखेको छु।”