काठमाडौं : तिहारको भाइटीकाको अवसर पारेर हिजोदेखि दयाहाङ राई र विजय बराल अभिनीत सिनेमा ‘वरिष्ठ बलराम’ देशभर प्रदर्शनमा आएको छ। पहिलो शो देखि नै हलहरूमा उल्लेखनीय संख्यामा दर्शक उपस्थित रहेका थिए ।
दर्शकहरूले सिनेमालाई मनोरञ्जनात्मक र सामाजिक सन्देशयुक्त बताएका छन् । माटो सुहाउँदो कथा र प्राकृतिक स्रोतको दोहनको विषय उठान गरेको सिनेमाले सकारात्मक प्रतिक्रिया पाएको छ।
सुरेन्द्र पौडेल निर्देशित यस सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राईलगायतका कलाकारको अभिनय रहेको छ। वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको सहकार्यमा बनेको सिनेमालाई काठमाडौंमा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेको छ।















