Sur Cinema

‘माइतीघर’ सिनेमाको शीर्ष गीतमा उपासना र श्यामाश्रीको आकर्षक नृत्य

काठमाडौं : रोहित अधिकारी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको सिनेमा ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द र स्वर्गीय जयदेवको संगीत रहेको छ। यसअघि यसको अओर्जिनल संस्करणमा आशा भोस्लेको स्वर रहेको थियो।

गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियो मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकनमा तयार भएको हो।

मिलन तामाङ निर्देशित यस सिनेमामा धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, केदार घिमिरे, वुद्दि तामाङलगायत कलाकारको अभिनय छ। असोज १३ गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउँदै गरेको ‘माइतीघर’ बाट दर्शकलाई विशेष अपेक्षा गरिएको छ।

यसैबीच, सार्वजनिक गीतसँगै भिडियो प्रतियोगिता पनि सुरु भएको छ। ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये उत्कृष्ट एक जनाले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने घोषणा गरिएको छ।