Sur Cinema

‘टनेल २६’ किन विशेष छ? अनुप बिक्रम शाहीले खोले यस्तो रहस्य

काठमाडौँ : अभिनेता अनुप बिक्रम शाहीले सिनेमा ‘टनेल २६’लाई नेपाली सिने उद्योगकै पहिलो जम्बी सिनेमा भएको दाबी गरेका छन्। उनका अनुसार सिनेमामा हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रण छ।

‘टनेल २६’ भारत, भुटान र नेपालको सहकार्यमा निर्माण भएको हो। तर, अनुपले नेपालमा रिलिज हुने सिनेमा नेपाली भाषामै भएकाले यसलाई नेपाली सिनेमाकै रूपमा बुझ्नुपर्ने बताए। उनका अनुसार भाषाअनुसार डब हुँदैमा सिनेमाको पहिचान परिवर्तन हुँदैन।

वास्तविक टनेलभित्र गरिएको छायांकन कठिन भए पनि टिजरले पाइरहेको सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको अनुपको भनाइ छ। सिनेमा असोज २३ गते अर्थात् अक्टोबर ९ मा रिलिज हुँदैछ।