Sur Cinema

‘भाग्यले होकी’मा न्यान्सीको पीडा, भावुक बने सुशील र रिस्ता

काठमाडौँ : प्रदर्शनको तीन दिनअघि सिनेमा ‘अक्षरा’को स्याड सङ ‘भाग्यले होकी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमाको गीत सार्वजनिक गरेको हो।

गीतमा न्यान्सी खड्का, सुशील सिटौला र रिस्ता अधिकारी भावुक देखिएका छन्। ‘भाग्यले होकी मलाई जिन्दगीले ढाँट्यो’ बोलको गीतमा रचना रिमालको स्वर, सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत छ। रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। गीतले सिनेमाको कथामा आउने भावनात्मक मोडलाई संकेत गरेको निर्माण टिमको दाबी छ।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको सिनेमालाई पौडेलले निर्देशन गरेका हुन्। सिनेमामा न्यान्सी, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारीलगायत कलाकारको अभिनय छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको सिनेमाको कथा उग्रसेन ढुङ्गानाको हो भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्। नेपाल वितरणको जिम्मा नेसनल सिने ग्रुप नेपालले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ।