काठमाडौं : आगामी भदौ २६ गते प्रदर्शनमा आउने सिनेमा ‘अक्षरा’ को डबिङ अन्तिम चरणमा पुगेको छ। शुक्रबार मुख्य अभिनेत्री न्यान्सी खड्काले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्।
डबिङका क्रममा पर्दामा आफ्नो अभिनय हेरेपछि न्यान्सीले पात्रलाई न्याय दिन सकेको महसुस भएको बताउँदै निकै उत्साहित भएको प्रतिक्रिया दिइन्। ‘अक्षरा’ उनको मुख्य अभिनेत्रीका रूपमा पहिलो सिनेमा हो।
विनयराज पौडेलको लेखन तथा निर्देशन रहेको सिनेमामा न्यान्सीसँगै सुशील सिटौलाको मुख्य भूमिका छ। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको सिनेमा भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।















