Sur Cinema

निर्माण हुने भो ‘बा-आमा’

काठमाडौं : गायक तथा संगीतकार टंक बुढाथोकीले सिनेमा ‘बा–आमा’ निर्माण गर्ने भएका छन्। यसअघि उनले निर्माण गरेको सिनेमा ‘मन बिनाको धन’ले करिब चार करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो।

सिनेमामा बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिनेछन्। अन्य कलाकारको छनोट बाँकी रहेको र सिनेमाको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको बुढाथोकीले बताए।

टंक बुढाथोकीकै कथामा बन्ने सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्। स्क्रिप्ट अन्तिम चरणमा पुगेको र आगामी वैशाखदेखि छायांकन सुरु गर्ने तयारी रहेको जनाइएको छ।

लोकप्रिय गीत ‘बा–आमा’ बाट प्रेरित यो सिनेमा पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित हुनेछ। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बन्ने सिनेमाकी निर्माता विष्णुमाया मैनाली हुन्।