काठमाडौं : आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, दाम्पत्य जीवनका चुनौती तथा यसका अँध्यारा र उज्याला पाटाहरूको कथा रहेको छ।
सिनेमाका मुख्य कलाकारहरू सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिलकुमार, सरोज खनाल लगायतका कलाकारहरुलाई ट्रेलरमा देख्न सकिन्छ।
नरदेवी फिल्म्सको ब्यानरमा निर्माण भएको यस सिनेमाको लेखन र निर्देशन सरोज पौडेलले गरेका हुन्। पौडेलले यस सिनेमामार्फत पारिवारिक सम्बन्धका जटिलतालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने प्रयास गरेका छन्।
‘कोशेढुंगा’ ले परिवारभित्रको माया, द्वन्द्व र समझदारीलाई गहिरो रूपमा केलाएको छ। यसले दर्शकलाई आफू र आफ्नो परिवारको कथासँग जोड्न सक्ने विश्वास लिइएको छ।















