Sur Cinema

‘गुन भुल्यौ’को चौतर्फी सफलतापछि ‘मैना चरी’ लिएर आउँदै सारिका

काठमाडौं : पछिल्लो समय एउटा गीत खुब रुचाइयो। खुब गुनगुनाईयो ! अनि खुब प्रशंसा पनि गरियो। उक्त गीत कुन होला ? कुनै अनुमान लगाउनुभयो ? पक्कै पनि यहाँ कुराकानी गर्न खोजिएको गीत हो ‘गुन भुल्यौ’। यो गीत यति चर्चित बन्यो कि यस् गीतकी गायिका सारिका घिमिरेको अवस्था नै फेरियो।

दशकौंदेखि गायनमा संघर्षरत सारिकालाई यही गीतको सफलताको स्वाद चखायो, चर्चाको उचाईमा पुर्‍यायो। अनि करोडौं दर्शक तथा स्रोतामाझ चिनायो पनि। यस् गीतका प्रत्येक टुक्काहरु चर्चित छन्। रिलिज भएको २ महिनामै यस् गीतलाई युट्युबमा १ करोड ३३ लाखबढीपटक हेरिएको छ। लाखौं टिकटक भिडियो पनि बनेका छन्। गीतमा सारिकाकै शब्द, संगीत र स्वर रहेको थियो।

‘गुन भुल्यौ’को अपार सफलतापछि अब भने सारिका नयाँ गीत मार्फत दर्शक/स्रोतामाझ आउँदैछिन्। उनले छिट्टै नै ‘मैना चरी’ बोलको नयाँ गीत बजारमा ल्याउन लागेकी हुन्। यस् गीतमा सारिकाको शब्द र स्वर रहेको छ।भने, संगीत र संगीत संयोजन योगेश काजीको रहेको छ।

यसपटक भने सारिकाले अफिसियल भिडियोसहित गीत सार्वजनिक गर्दैछिन्। भिडियोमा उनी आफैं देखिँदैछिन्। भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन्। यो गीतलाई लिएर पनि सारिका निकै आशावादी छिन्। उसो त दर्शक/स्रोताहरु पनि उत्तिकै उत्साहित छन्। उनको यो गीत उनकै युट्युब च्यानल मार्फत रिलिज हुनेछ।