काठमाडौं : गायिका भावना आचार्यले झण्डै एक वर्षको अन्तरालपछि तीज गीत सार्वजनिक गरेकी छिन् । आफ्नै युट्युव च्यानल भावना आचार्यमार्फत सोमबार दर्शकमाझ ल्याइएको `सोच सोच केटी´मा भावनालाई गायनमा चर्चित गायक रामचन्द्र काफ्लेले साथ दिएका छ्न ।
प्रेम तथा बैबाहिक सम्बन्धको विषयमा पुरुष-महिला, दुवैलाई सचेत गराउने खालको शब्द र भाव रहेको गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेको हो ।
भिडियोमा अभिनेत्री शिल्पा पोखरेल,गायिका भावना स्वयम्, राजन अधिकारी,अमृत आचार्य र नवीन किशोर फिचर छन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियो बिनोद बिष्टले खिचेका हुन भने सम्पादन शौखिन तिमिल्सिनाले गरेका छन् ।















