काठमाडौँ : मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी जनराको सिनेमा ‘सुम्निमा’मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन् । गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने सिनेमाको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि सिनेमा बिसुद्ध प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए ।
सिनेमाको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भई सकेकी छन् । सिनेमाको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए । निर्देशक चाम्सका अनुसार, यूनिसर्भल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यान राख्दै यो सिनेमा तयार पारिनेछ ।
राजीव थापाको लेखनमा बन्न लागेको सिनेमाको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ ।















