Sur Cinema

नवीनको निर्देशनमा ‘बाकस’ : नेपाल र विदेश दुबै स्थानमा छायांकन गरिने

काठमाडौं : बिहिवार गुरु पूर्णिमाको पावन अवसर पारेर सिनेमा ‘बाकस’को निर्माण घोषणा गरिएको छ । पिके इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने यो सिनेमा नवीन पन्तले निर्देशन गर्दैछ भने पन्त स्वयंको कथा लेखन रहने छ ।

नेपाली परिवेशको कथामा निर्माण गरिने सिनेमा नेपाल र विदेश दुबै स्थानमा छायांकन गरिने तयारीमा रहेको छ । हाल सिनेमाको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै नै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ ।

सिनेमामा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत रहने छन् । तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यो सिनेमा २०८३ सालमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ।