Sur Cinema

सिनेमा ‘फलामको चुरा’ : वैदेशिक रोजगारीले टाढिएका सम्बन्धको कथा प्रस्तुत

काठमाडौं : रिड एण्ड राइज पिक्चर्स एण्ड प्रिन्टको प्रस्तुति तथा अदृश्य सञ्चार र पुरखबर डटकम सञ्चार साझेदारमा छोटो सिनेमा ‘फलामको चुरा’ सार्वजनिक भएको छ । सिनेमामा वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पार्ने प्रभावलाई कथावस्तु जोड दिएको छ ।

प्रदीप कँडेलको लेखन तथा निर्देशनमा बनेको सिनेमामा लक्ष्मण विक्रम बस्नेत, मोती सुवेदी, कोहिनूर विश्वकर्मा, कुमार भारती, आयुष दाहाल, अस्तराम कौशल, सन्दीप अगस्ती र सबिना खड्का लगायत कलाकारको अभिनय छ।

रोशन पौडेलको छायांकन तथा सम्पादन रहेको यस सिनेमाका निर्माता कुमार भारती हुन् । प्राविधिक टोलीमा सुबास बयालकोटी (क्यामेरा सहायक), सुमन शंकर (मेकअप), नवराज खड्का र शिव पराजुली (बत्ती), जय देवकोटा (डबिङ) ले भूमिका निभाएका छन् ।