Sur Cinema

सिनेमा प्रचार-प्रसारको लागि ‘यो मन त मेरो नेपाली हो’ का निर्देशक र नायिका नेपाल प्रस्थान

काठमाडौं : यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ को प्रचार प्रसारको लागि सिनेमाको निर्देशक मित्र प्रधान र नायिका आयुषा समाल नेपाल आइपुगेका छन् । आज शनिबार बिहान अमेरिकाबाट सिनेमा रिलिजको लागि नेपाल आइपुगेका हुन् । सिनेमाका नायक रोशन श्रेष्ठ उहाँहरुलाई एरपोर्टमा स्वागत गर्नु भएको थियो । निर्देशन प्रधान र नायिका समाल अमरिकामा नै बस्नुहुन्छ ।

निर्देशन प्रधानले अमेरिकामा बिभिन्न सहरमा भएको प्रदर्शन र दर्शको राम्रो प्रतिक्रियाबाट आफुलाई हौसला मिलेको र अब यहि असार २७ गतेबाट नेपालमा प्रदर्शन हुँदा नेपाली दर्शकको साथ र सहयोग हुने विश्वास गर्नु भयो । प्रधानले  नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न आफुले सिनेमा निर्माण गरेको हुँदा हरेक नेपालीले सिनेमा ‘यो मन त मेरो नेपाली हो’ हेर्नु पर्ने बताउनु भयो ।

सिनेमा ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबंशी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ ।

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।

अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस सिनेमामा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिष शाह तथा सिजिआई सत्यम राना रहेको छ ।

दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको सिनेमामा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।