Sur Cinema

‘आ बाट आमा’मा पलको बुबाको भुमिकामा देखिदै प्रदीप रावत

काठमाडौं : चन्द्र पन्तको निर्देशनमा बन्न लागेको सिनेमा ‘आ बाट आमा’मा तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली अनुबन्ध भएका छन् । सिनेमामा रावललाई अभिनेता पल शाहको बुबाको भुमिकाको लागि अनुबन्ध गराईएको हो ।

यश सिनेमामा रावलले नितान्त नेपाली लोकमा नेपाली स्टायलको भुमिका निवार्ह गर्दै छन् । रावलले नेपाली सिनेमामा काम गर्न आफु निकै उत्साहित रहेको बताए छन् । रावतले यसअघि नेपाली सिनेमा ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका थिए। जसमा अभिनेत्री नीता ढुंगानाको बुबाको भुमिका निर्वाह गरेका थिए ।

सिनेमामा रावलका अलावा यसअघि नै विपना थापा र पल शाह अनुबन्ध भइसकेका छन् । सिनेमाको स्क्रिप्ट अभिमन्यू निरवीले तयार पारेका हुन भने सिनेमा भदौबाट फ्लोरमा जाने निर्माण पक्षको जानकारी दिएको छ । सिनेमामा अन्य कलाकार र प्राविधिकको पनि टुंगो छिट्टै लाग्ने निर्देशक पन्तको भनाई छ ।

निर्देशक पन्तका अनुसार यो सिनेमा आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने छ ।