काठमाडौं : गत चैत २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘पिताम्बर’ले बिहिबार ५१ औं दिन मनाएको छ । यो सिनेमाले रञ्जना सिनेप्लेक्स,विश्वज्योती,बिएसआर र बीग मुभिजमा ५१ औं दिन मनाएको हो ।
सिनेमाको ५१ औं दिन मनाउँदै ‘पिताम्बर २’को घोषणा समेत गरेको छ । बिहिबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच सिनेमाले ५१ औं दिन मनाएपछि कलाकार र प्राविधिकलाई सम्मान गरेको छ साथै संचारकर्मीहरुलाई समेत यो खुशीयालीमा सम्मान पत्र दिदै सोही समारोहमार्फत दोस्रो श्रृंखला ल्याउने निर्माण पक्षले घोषणा गरेको हो ।

कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सह–निर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही,प्रमोद अग्रहरिका साथमा सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो । सोही क्रममा निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले आज पिताम्बले ५१ औँ दिन पार गर्न सम्भव भएको बताउँदै सबैलाई धन्यवाद दिनु भयो । यो सफलतामा निकै उत्साहित रहेकी कृषाले अबको सिनेमामा कमीकमजोरीलाई सच्याउदै आगामी दिनमा झन राम्रो सिनेमा दर्शकलाई दिने बताईन् । उनले भनिन्,‘यो सिनेमामा भएका गल्ती अर्को सिनेमामा सुधार्दै अझै बुलन्द काम गर्नेछु।’

केहि दिनअघि जापानमा समेत बेष्ट निर्देशकको अवार्ड यसै सिनेमाबाट हात पारेकी कृषाको पहिलो निर्देशकिय सिनेमा ‘ऐचो पैचो’हो । जुन समिक्षात्मक रुपमा सफल देखिन्थ्यो।
यस सिनेमामा प्रदीप खड्का सौगात मल्ल,आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई,सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल,कामेश्वर चौरासिया,टिका पहाडी,सुलभ पहाडी, सुरवीर पण्डित,विशाल पहाडी, दिव्यदेव पन्त,सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको पनि अभिनय छ।















