काठमाडौं : सिनेमा ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिवार काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबिच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित गरिएको छ ।
२४ घण्टा पुग्नु भन्दा अगाडी नै यो सिनेमाको ट्रेलर ट्रेण्डिङको चौथो नम्बरमा आईपुगेको छ । यो समाचार तयार पार्दासम्म ४ लाख दर्शकहरुले हेरिसकेका छन भने २७ सय भन्दा वढी टिकाटिप्पणीमा सबैजसो सकारात्मक देखिएको छ ।
महानायक राजेश हमालको कमब्याक भनिएको सिनेमामा राजेशको अलावा नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी रहेको छ ।
करण सिंह प्रोडक्सन म्यानेजर रहेको यो सिनेमामा समिर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारी एसोसियट निर्देशक रहेको यो सिनेमामा नेम महर्जनको लगानी छ । साथै, सिनेमाका निर्मातामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन् । सिनेमा जेठको ९ गतेबाट रिलिज हुँदैछ ।















