Sur Cinema

मिस पविको बदनामीका भागेदार मेकर पनि !

काठमाडौं : चर्चामा छिन पवित्रा साँकी उर्फ ‘मिस पवि’ । कारण उनले सिनेमामा अभिनय गर्दै गर्दा डाईलग बोल्नै सकिनन रे !

म्युजिक भिडियोबाट आएका एक ताकाका सिनेमामा पनि चर्चा कमाएका नायक द्वय पुष्प खड्का होस् या पल शाह अहिले म्युजिक भिडियो मै फर्किएका छन् । सिनेमाहरुले आशातित व्यापार नगर्नु मात्रै नभएर मेकर पनि फ्लप सिनेमाको लिस्ट देखेर दिक्क हुन थालेपछी यी दुई म्युजीक भिडियो मै फर्किएका हुन् ।

फेरि कुरा गरौ उनै पवि कै । टिकटकमा पश्चिमेली लवज फैलाएको कारण उनी चर्चित बन्न पुगेकी थिइन । बिस्तारै मोडलिङ गराउन म्युजिक भिडियो मेकर लालायित भए । उनलाई अवसरको खाचो थियो । उनले मोडलिङमा आफुलाई एक प्रकारले स्थापित नै गराईन । उनको माग बढ्यो । अब बिस्तारै सिनेमा सम्मका मेकरले उनलाई लिन चाहना राखे । र उनी सिनेमाको यात्राका लागि तयार पनि भइन ।

अब सिनेमामा अभिनय गर्ने चरण नै हेरौं । पहिला अडिसन हुन्छ । अडिसनबाट छानिएकाहरुलाई केही समय वर्कसपमा राखिन्छ । अनि बल्ल सिनेमामा अभिनय गर्ने नगर्ने तय हुन्छ । सम्भवत, ‘माग्ने राजा’का मेकरले पनि पविका लागि यि सब चरण पार गराएरै अभिनय गराउन तयार भएका थिए होला ।

तर, जब क्यामेरामा डाईलग बोल्ने समय आयो, उनले बोल्नै सकिनन रे । र, उनको आलोचना सुरु भयो । अब सोचौ त, यो आलोचनाको भागेदार पवि मात्रै हुन त ? कि “पवि” पात्रहरुलाई अडिसन देखि वर्कसपमा नै नबसाली चर्चाकै भरमा टप्प टिपेर थपक्क क्यामेरा अघि राख्ने मेकर प्रवृति पनि दोषी हो ? पल, पुष्पहरुलाई दर्शकले म्युजिक भिडियो मै मात्रै हेर्न चाह गर्नु पनि “पविहरु” सिनेमामा अभिनय भन्दा पनि म्युजिक भिडियोको मोडलिङ मै रहे हुन्थ्यो भन्ने चाहना पो हो कि?

म्युजिक भिडियोमा मोडलिङ र सिनेमामा अभिनय गरिन्छ गराईन्छ भन्ने फरक मात्रै पनि काम गर्ने गराउनेहरुले बुझे देखि “पवि” हरुको बदनामी रोकिए सङै मेकरको पनि इज्जत जोगिने थियो कि ? हैन भने त करिव दशक पछि निर्देशनमा फर्किएका ऋषि लामिछानेहरु पनि कलाकार छान्न नजानेको भनेर बदनाम नै त हुने भए नी !