काठमाडौं : भनिन्छ, विवाह पवित्र बन्धन हो । विवाहमा लगाईने सात फेराले सात जुनी सम्म साथ निभाउने बाचा गरिन्छ । तर समय बदलियो । सम्बन्धमा सहजता छैन भने मिनेट मै पनि सम्बन्ध टुट्न थालेका छन् । कुनै एकको भन्दा पनि दुई तर्फी असहजताले नै सम्बन्धमा दुरी आउने हो । तर केही कलाकारले भने आफ्नो बैवाहिक सम्बन्धको बिजोकलाई पनि चर्चामा आउने बाटो बनाएको देखिन थालिएको छ ।
सेलेब्रेटी स्वयम् नै सार्वजनिक जिवनबाट दिक्क बनेर कही न कही “प्राईभेसी”को खोजिमा भौतारिएका छन् । कतिले आफ्ना सन्तानलाई सार्वजनिक गर्न रुचाउदैनन त कै आफ्नो परिवारलाई आफ्नोपेशा भन्दा पर राखिरहन्छ्न् । कारण यो क्षेत्रमा आउने उतार चढावलाई सहजै पन्छाएर अघि बढ्न जो कोहीलाई त्यति सरल छैन् ।
तर, एक ताकाकी चल्तिकी नायिका अरुणिमा लम्साललाई भने जसरी होस आफ्नै चर्चा होस भन्ने भुत सवार भएको स्पस्ट देख्न सकिन्छ । उनी आफ्ना हालका पतिको कुरा काट्दै मिडिया मिडिया चाहारिरहेकी छन् । विवाह लगत्तै उनले सबैथोक पाएझै गर्दै मिडियामा पुगेर आफ्ना श्रीमानको प्रसम्सामा यसरी पूल बाधेकी थिइन कि के कुरा गर्नु र ! तर अहिले उनै श्रीमान (हाल सम्म सम्बन्ध बिछेद नभएको कारण) लाई सन्सारकै झुठो र नालायक मानिस बनाउन हात धोएर लागि परेकि छन् । अहिले आएर भने उनलाई आफ्ना पहिला श्रीमान सारै निको लाग्न थालेको पनि उनका छ्याप्छ्याप्ती आएका अन्तर्वार्ता नामको बीस ओकलिएका कार्यक्रममा देख्न सकिन्छ ।
सम्बन्ध कोही एकको कारण कहिले पनि टुंङिदैन । जहाँ कही पनि सत प्रतिशत कोही सही या गलत हुन सक्दैन । यस्तोमा वेव सिरिज प्रचारमा आएकि अरुणिमा त्यसैको प्रचारमा लाग्न सके निर्मातालाई पनि दुई चार रुपैयाँ फाईदा नै हुने थियो । होइन भने त पहिला पहिला पधेरामा हुने कुरा कटाई भन्दा के नै भिन्नता छ र उनले आफ्ना श्रीमानको बख्याई गर्दै सन्चार माध्यममा धाउनुमा ।
हतारमा निर्णय गर्दै गर्दा बिस्ताराबाट ब्युझिदा नतर्सिने अनुहार बाहेक विवाहका लागि अरु कुनै सर्त नराखेकी/नदेखेकी अरुणिमा सम्बन्ध अन्त्यमा अर्कोपटक अतालिदै गर्दा चुपचाप साईड लाग्न/ लगाउन सक्थिन । तर चर्चाको भोकले छट्पटाएकि उनको यो भोकले उनी स्वयमलाई “ब्याकफायर” हुने गरि दिदै गरेकी अभिब्यक्ती प्रती पनि उनी फुर्सदमा नपछुताउलिन भन्न सकिन्न । एक पटक हतार गरे भन्ने उनी अति नै अतालिएकी छन र यो हतारोमा उनले आफ्नै सम्बन्धको असरल्ल व्यापार गरिरहेकी छन् । जुन सामाग्री खरिदमा दर्शकलाई अलिकती पनि चासो छैन् ।















