काठमाडौं : प्रकाश सपूतको डेब्यु निर्देशन रहेको सिनेमा “वसन्त” आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । सिनेमाको मुख्य भूमिकामा प्रकाश सपूत र स्वस्तिमा खड्का हुनुहुन्छ । सिनेमाले नेपालभरका हलमा उच्च शो पाएको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपूतले नै तयार पारेका हुन् ।
विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा भन्ने सिनेमामा प्रकाश र स्वस्तिमा सङ्गै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।















