Sur Cinema

शिसनले दिए स्मारिकालाई धोका !

काठमाडौं : गायिका रचना रिमालको ‘जुनी जुनी’ बोलको फिमेल भर्सनको गीतको भिडियो रिलिज गरिएको छ। दीपनराज शिवाकोटीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको सार्वजनिक गीतमा नरेश बिबिसीको मिक्सिङ मास्टरिङ रहेको छ।

भिडियोमा मोडलद्वय स्मारिका ढकाल र शिसन सिङ बलको अभिनय देख्न सकिन्छ । गीतमा स्मारिका र शिसनले भोगेको प्रेम वियोग र ब्रेकअपछि भोग्नु परेको एक्लोपनालाई देखाइएको छ ।

भिडियोलाई निर्देशक दिनेश बस्नेतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । प्रेमीबाट पाएको धोका भिडियोमा देखाइएको छ। सार्वजनिक गीतमा विकाश थापाको छायांकन रहेको छ भने गीतलाई विकाश दाहालको सम्पादन गरेका हुन् ।