Sur Cinema

‘मेरो कथा’ र ‘सन्ध्या’ पछि “मेरी आमा” ल्याउँदै गीता

काठमाडौं : जया एण्ड नेवी प्रोडक्सनको प्रस्तुति तथा कलाकार गीता नेपालको निर्देशनमा टेलीचलचित्र “मेरी आमा” बन्ने भएको छ । शिवरात्रीको अवसर पारेर आज कपनमा रहेको शिद्धेश्वर शिव मन्दीरमा नरिवल फुटाएर सुभमुहुर्त सम्पन्न गरिएको हो ।

मुहुर्त कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार रमेश बुढाथोकीले निरन्तररुपमा शन्देशमुलक टेलीफिल्म निर्माण गरेर समाजलाई सुसुचित पार्दै गएकोमा निर्माण टिमलाई आसिर्वाद तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

गीता नेपाल र बालकलाकार देवांशी केशीको मुख्य अभिनय रहने टेलीचलचित्रमा नविन श्रेष्ठ, सरोज दाहाल, कृष्ण काफ्ले, माधव खनाल, संगम राई, रेश्मा केशी, श्रेया दुलाल, प्रशिद्ध नेपाल, प्रभुराम कोइराला, विजय खड्कालगायतका कलाकारको अभिनय रहने छ । यस टेलीचलचित्रमा चर्चित गायक कृष्ण काफ्लेकाे विशेष भुमिका रहने निर्माणटिमले जानकारी दिएकाे छ ।

गीता नेपालकै लेखन रहेको टेलीचलचित्रमा राहुल राईको छायांकन र राजेन्द्र मानन्धरको सम्पादन रहने छ । यो भन्दा अगाडि ‘मेरो कथा’ र ‘सन्ध्या’ मार्फत दर्शकको उच्च तारिफ पाउन सफल गीताले ‘मेरी आमा’ मार्फत अझै धेरै दर्शकहरुको साथ पाउनेमा आफु विश्वस्त रहेको बताईएकी छिन् ।