Sur Cinema

उत्कृष्ट प्रतिक्रिया सहित ट्रेन्डिङको शिर्ष स्थान पछ्याउँदै ‘मायावी’ ट्रेलर

काठमाडौं : सिनेमा ‘मायावी’को ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । ३ दिन अगाडि सार्वजनिक सिनेमाको ट्रेलरले ११ लाख ४३ हजार भन्दा बढी भ्यूज पाइसकेको छ । साथै, अहिले यो युट्युबको सिनेमा सेक्सन अन्तरगतको २ नम्बर ट्रेन्डिङमा छ ।

दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै ट्रेलरमा समावेश संवादहरुमा थुप्रै टिकटक बनेका छन् । टिकटकमा अहिले ‘मायावी’को विषयवस्तुलाई लिएर दर्शकको उत्साह खुबै देखिएको छ ।दर्शकले फिल्मको संवाद र यसको कथावस्तु लोभलाग्दो रहेको भन्दै फिल्मको प्रतिक्षा गरिरहेको उल्लेख गरेका छन् ।दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमा फागुनको १४ गतेबाट रिलिजमा आउँदैछ । सिनेमाको ट्रेलरमा २४ हजार भन्दा बढी  लाइक र ३ हजार ३ सय भन्दा बढी प्रतिक्रिया आएका छन् ।

यो सिनेमामा पल शाह, दिपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठको साथमा नव–नायक समिम खानको मुख्य भूमिका छ । अधिकांश दर्शकले यस्तो लभ स्टोरी कथा यस अगाडि नहेरेको भन्दै प्रतिक्षा गरिरहेको प्रतिक्रिया दिएका छन् ।

सिनेमा ‘मायावी’का संवादहरुमा अहिले थुप्रै टिकटक बनेका छन् । दर्शकहरुले फिल्मको ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया दिएको भन्दै निर्देशक भट्टराइले खुशी व्यक्त गरे । यो सिनेमालाई राज कटुवाल, धुर्व न्यौपाने र चन्द्र पन्तले मिलेर बनाएका हुन् ।