काठमाडौं : कलाकार स्वयम् ले विवाद सिर्जना गर्छन । त्यस बारे खबर बन्न थाल्छन । र, अन्तमा आएर कलाकार मिडिया माथी दोस थुपार्छन र आफू पानी माथिको ओभानो भएको भन्दै हर्षबढाई गर्छन । समय बदलिदै गर्दा यो प्रक्रिया पनि बदलिदो क्रममा छ । तर कोही कोही कलाकार जानेर बुझेर नै कन्टोभर्सी गर्न लालायित छन् ।
प्रदीप खड्का अभिनित सिनेमा ‘एक्टर टेक वान’ प्रदर्शन संघारमा छ । यो बेला उनले कन्ट्रोभर्सियल कुरा नगर्ने त सम्भावनै रहदैन । उनी कसरी हुन्छ आफ्नो चर्चा मात्रै होस भन्ने आशयका कुरा राखी रहन्छन । यही क्रमको निरन्तरता भनौ, उनले आफ्नो समयमा टिकटक भएको भए चर्चाको लागि जस्तो पनि हर्कत गर्न सक्थे भनेका छन् । उनको समय अर्थात उनको करियरको सुरुवाती समयमा टिकटक जस्तो प्ल्याटफर्म भएको भए चर्चाका लागि आफुले जे पनि गर्न सक्ने भनेका हुन उनले ।
हरेक पटक सिनेमा हलमा लाग्ने समय प्रदीपको तरिकै भिन्नै हुन्छ । अरु समय गुमनाम देखिने प्रदीपको प्रेमको चर्चा पनि उनका हरेक को-एक्टर सङ्गै जोडिएर आउने गर्छ । कहिले अनमोल केसी र उनका अभिनेता बुबा भुवनलाई गाली गरेर त कहिले सडक मै प्रोजेक्टर लगाउने धम्की दिएर उनी लाईमलाईटमा आउने प्रयास गरिरहन्छन ।
यो सब हर्कत माझ ‘एक्टर’को समय अब उनले टिकटकको कुरा उठाएका छन भने सिनेजगत प्रदीप र दिब्या रायमाझीको प्रेमको खबरले रङ्गीएको छ । यसो हेर्दा एक प्रकारले स्थापित भैसक्दा पनि प्रदीपमा पनि चर्चाको भोक भने नभरिएको देखिन्छ । यो सब भन्दै गर्दा प्रदीपले अभिनयमा मारेको फड्कोको प्रसम्सा गर्न भने चुक्नु हुदैन ।















