Sur Cinema

बैशाख १२ मा ‘भुठान’ 

काठमाडौं : प्रतिक्षित सिनेमा ‘भूठान’को प्रदर्शन मिति तय भएको छ । अंग्रेजी नाम ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ दिइएको यो सिनेमा १२ बैशाखबाट प्रदर्शनमा आउदै छ । ‘बुलबुल’ फेम्ड विनोद पौडेलको सिनेमामा आचार्यसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, ,अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको पनि अभिनय छ । साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली सिनेमा हो जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् । 

निर्मातामध्येका एक अविरल थापाले फिल्ममा दर्शकले हरिवंशलाई अहिलेसम्म नदेखिएको अवतारमा देख्न पाउने बताए । ‘आचार्यको जीवनकै यो कालजयी फिल्म हुनेमा म ढुक्क छु’ उनले भने । 

नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ । सिनेमालाई विश्वभरिका हलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा एकै मितिमा प्रदर्शन गर्नको लागि पनि तयारी भैरहेको छ । सिनेमाले भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा बसोवास गरिरहेका भुटानीको देशप्रेम र थातथलो छोड्न पर्दाको कथा र आफनो अस्तित्वको खोजको कथा पेश गर्छ । सिनेमाको छायांकन अमेरिकामै केही महिनाअघि सम्पन्न भएको थियो ।

सिनेमाराजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँसकोटाले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, एलएन अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् । सिनेमालाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेका हुन् ।