काठमाडौं : आगामी चैत २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनमा आउने भनिएको सिनेमा ‘वसन्त’को छायांकन सकिएको छ । बुधबार सिनेमाको अन्तिम सट खिच्दै ३८ दिनमा सिनेमाको काठमाडौंमा इन्डक्ल्याप गरिएको हो ।
गायक तथा अभिनेता प्रकाश सपूतको यो डेब्यु निर्देशकिय सिनेमा हो । सिनेमाको बाग्लुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा छायांकन गरिएको छ । सिनेमामा सपूतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन, शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ ।
सोसल ड्रामामा तयार भएको सिनेमाका कथा, पटकथा र संगीत पनि सपूत स्वयंले नै तयार पारेका हुन् । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।















