Sur Cinema

अरुको उछितो काटेरै सिनेमा चलाउने प्रयासमा जितु

काठमाडौं : भन्नेहरु घमण्डले मानिस सकिन्छ भन्छन् । अझ आफ्नो प्रगतिमा भन्दा अरुको दुर्गतिको बयानमा रमाउने मान्छे सफल हुदैन पनि भन्छन् । तर, कलाकार जितु नेपालको केसमा भने यस्को ठिक विपरित भैरहेको छ ।

‘छक्का पन्जा’ टिमबाट अलग्गिएका उनका हातमा सिनेमा नै सिनेमा छ्न । आफ्नो सिनेमा चल्ने समयमा कोट्याई कोट्याई ल्याएको दिपक राज गिरी र दीपा श्री निरौलासंगको विवादले दिपक दीपा कै सिनेमासङ जुद्धा पनि “ज्वाइँ साब” सिनेमाले लगानी उठाउन सफल भएको छ । आफुले छोडेर आएको टिमको बारे आलोचना मात्रै गरेका जितुको सिनेमा यही आलोचना कै कारण दर्शक माझ पुग्यो र चल्यो पनि भन्दा फरक नपर्ला ।

अहिले उनको अर्को सिनेमा “कार्साङ” प्रदर्शन नजिकिदै गर्दा पुन: जितु विवादित विषयमा बोल्न लागि परेका छन् । उनको चासो नै नभएको प्रश्न केदार घिमिरेको पारिश्रमिकको विषयमा उनले नमिठो जवाफ दिएका छन् । एकताका गीतान्जली सिरियलमा उनले उनै माग्ने बुढालाई जितुले तीन सय पारिश्रमिकमा काम लगाएका थिए रे ! उनी आफू चै पारिश्रमिकको बारे कसैलाई भन्दैनन रे ! यसो भन्दै गर्दा केदार घिमिरेको कमाईको स्केलले जितु जलेको स्पस्ट अनुहारमा देखिन्थ्यो ।

तर जितुले केदारको प्रगतिमा जल्नुको सट्टा मानिसको सुरुवाती करियर कस्तो थियो भन्दा पनि कुन स्तरमा फड्को मारिरहेको छ त्यो बुझेको भए सहज हुन्थ्यो कि? तर अब दोस लगाएर अरुलाई होच्याएरै सिनेमा चल्ने भ्रममा परेको झै जितुलाई केही भन्न सकिने अवस्था पनि रहेन । जब सम्म उछितो काट्नुको मज्जा जितुले लिइरहन्छन् तब सम्म सुझाव दिनुको साटो मौन नै बसेको जाती ! किन कि उनी अहिले अरु कसैलाई सुन्न नै चाहदैन ।