Sur Cinema

‘पीआर’ निर्माण घोषणा, ३ वर्ष पछि निर्देशनमा फर्किदै शोभित

काठमाडौं : सलोन सलिना फिल्मसको व्यानरमा सिनेमा ‘पीआर’ निर्माण हुने भएको छ । आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको सिनेमाको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।

सिनेमामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता छन् । निर्देशक शोभितका अनुसार सिनेमाका लागि हाल अष्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ । एम्बिसन कलेज रकडेल, आरटुएम एकाउन्टिन रकडेल र बिकास अधिकारी (प्रिज्मस् एजुकेसन एन भिजा सर्भिस) विशेष सहयोग रहने सिनेमामा राजजंग क्षेत्री प्रोडक्सन हेड छन् ।

सिनेमामा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद छ । निर्देशक बस्नेतले सिनेमाको सम्पूर्ण छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा गरिने बताए । ‘सम्पूर्ण कलाकार र प्राविधिक अष्ट्रेलियाबाटै छानिनेछन् । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौं’, उनले भने ।