काठमाडौं : गायक शिव परियारको आवाजमा ‘तिमीलाई अझै धर्म लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ । प्रेमी-प्रेमीका बीचमा माया प्रेम र शंकाले जीवनमा पर्ने उतार चढावलाई समेटेर बनाइएको गीतमा नायिका आश्मा गिरि र मोडल अनुप जंग थापा ( विचित्र )को अभिनय रहेको छ।
संचारकर्मी त्रिसा केसीको निर्देशनमा बनेको गीतमा जी. एम. दिपु दिपेन्द्रको शब्द, राजकुमार बगरको संगीत तथा मिक्सिङ्ग र मास्टरिङ्ग, मुकुश हुमागाँई र टिमको छायांकन, मिन रावलको सम्पादन तथा कलरिङ्ग रहेको छ ।
आश्मा र अनुपलाई अभिनयमा लिजन बराईली र श्रीजन सुनारले बाल कलाकारका रुपमा साथ दिएका छन् भने जी. एम. दिपु दिपेन्द्र युटुव च्यानलमा रिलिज गरिएको छ ।















