Sur Cinema

जनक रावलको माया प्रेमको भाव बोल्ने गीत ‘मुखले तिमी बोलिनौ’

काठमाडौं : जनक रावलको स्वर, शब्द एवम् संगीत रहेको गीत ‘मुखले तिमी बोलिनौ’ सार्वजनिक भएको छ । रावललाई स्वरमा गायिका विमला रिजालले साथ दिएकी छ्न् ।

विकास लामिछाने र अञ्जु चौलागाईंलाई फिचरिङ गरिएको गीतमा माया प्रेमका भाव व्यक्त गरिएको छ ।मुकेश नेपालीको निर्देशन रहेको गीतको भिडियोमा सन्दीप कार्कीको एरेञ्ज र विशन मानन्धरको मिक्सिङ/माष्टरिङ रहेको छ ।

वीरेन्द्र भाट ‘विपिन’को छायांकन रहेको गीतको भिडियो विपिनकै सम्पादन रहेको छ । भिडियो गीतकार रावलकै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।