Sur Cinema

त्रिकोणात्मक प्रेमकथा दर्साउने हाकिम र व्रिजेशको ‘चिसो चिसो हावाले’ सार्वजनिक

काठमाडौं : र्‍यापर हाकिम र गायक व्रिजेश श्रेष्ठको संयुक्त प्रस्तुतिमा तयार भएको ‘चिसो चिसो हावाले’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

त्रिकोणात्मक प्रेमकथालाई दर्साउने गीतको भिडियोमा गायक श्रेष्ठ, र्‍यापर हाकिम, मोडल युकी, एलिस बहादुर सिंह लगायतको अभिनय छ । गीतमा चिसो हावालाई प्रेमको रुपमा कल्पना गरिएको छ ।

विवेक मगरको छायांकन र निर्देशन रहेको गीतको भिडियो नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको छ ।