काठमाडौं : कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गीतको भिडियोमा ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोशलाई कमेडी शैलीमा देखाइएको छ ।
सार्वजनिक गीतमा बाबुल गिरीको स्वर, संगीत र शब्द रचना रहेको छ । यो गीतमा सिनेमाका मुख्य कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित लगायतलाई प्रस्तुत छन् ।
दशैंको अवसर पारेर आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको सिनेमामा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको सिनेमामा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् ।
आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कपिल पराजुलीको कलर तथा विपिन मल्लको सम्पादन रहेको छ ।















