Sur Cinema

‘सरी मम’को विशेष प्रदर्शनी सम्पन्न

काठमाडौं : सिनेमा “सरी मम”को विशेष प्रदर्शनी गरिएको छ । हिसान बागमती प्रदेश र एन.एफ.आई क्रियसनको सहकार्यमा लागूऔषध दुव्र्यसन विरुद्धको सह-चेतना कार्यकम संगै ‘सरी मम’ सिनेमा देखाईएको हो ।

विद्यालयमा प्रदर्शन गर्नका लागि बिद्यार्थीको लागि ओरदर्शन उपर्युक्त हुने नहुने निर्क्योल गर्नका लागि पहिला सिनेमा हिसान काठमाडौं , भक्तपुर ,ललितपुर ,काभ्रेका अध्यक्ष लगायत प्याब्सनका सरहरु र हिसानका शिक्षकहरुलाई यही भाद्र ८ गते बिहान आईएनआई सिनेमा हल नया बानेश्वरमा सिनेमा देखाइएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी हिसानका रमेश कुमार सिलवाल रहेका थिए भने लागू औषध नियन्त्रण ब्युरो प्रमुख दिनेश कुमार आचार्यको विशेष आतिथ्यता रहेको थियो ।

नविन बोगटीको निर्देशनमा निर्माण भएको सिनेमामा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।