Sur Cinema

टिजर र पोस्टरका कारण ‘रावायण’को चर्चा चुलिदै

काठमाडौं : नायक पल शाहलाई एक्सन अवतारमा प्रस्तुत गरिएको सिनेमा ‘रावायण’ यतिबेला दुई पोस्टरसँगै टिजरका कारण चर्चामा छ । सिनेमामा ‘लभर ब्वाई’को पहिचान बनाएका पललाई फरक गेटअप र एक्सन अवतारमा प्रस्तुत गरिएपछि सिनेमाप्रति दर्शक र सिनेकर्मीको चासो ह्वात्तै बढेको छ ।

निर्देशक सुदर्शन थापा निर्देशित यो सिनेमा आगामी भदौ २१ गतेबाट रिलिज हुँदैछ । सिनेमा निर्माण पक्षले सिनेमाको प्रचार सामाग्रीका रुपमा पहिलोपटक पल फिचर्ड ‘रावायण’को फस्टलुक सार्वजनिक गरेको थियो । जसमा पललाई केही रिसाएको भावमा दाह्रीजुँगामा प्रस्तुत भएका थिए । सिनेमामा कान्छा र रागव नामका दोहोरो पात्रको भूमिकामा छन् । उनका अनुसार सिनेमामा उनी पोजेटिभ र नेगेटिभ भूमिकामा छन् ।

त्यस्तै दोस्रो पोस्टरमा नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड थिए । जसमा पललाई केही गम्भीर र पुजालाई रिसाएको भावमा देखाइएको थियो । दुवैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका एक समूहलाई देखाइएकाले पनि फिल्मले एसिडविरुद्धको कथा बोल्न सक्ने अनुमान लगाइएको छ ।

सिनेमाको टिजर उत्तिकै सशक्त छ । श्री श्रेष्ठको द्वन्द्व रहेको सिनेमामा श्रीले नायक पललाई सशक्त रुपमा एक्सन मुडमा प्रस्तुत गरेका छन् । टिजरमा पल, प्रमोद अग्रहरी, प्रकाश शाहलगायतका कलाकारको प्रस्तुती दमदार छ ।

टिजरलाई हालसम्म १० लाख बढी दर्शकले हेरिसकेका छन् भने चार हजार बढी प्रतिक्रिया दर्शकका छन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको सिनेमाकी निर्माता पुजा शर्मा हुन् । सिनेमामा सुशन पाठक कार्यकारी निर्माता छन् । सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ ।

सिनेमामा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।

सिनेमाको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।