Sur Cinema

प्रेम र द्वन्दले भरिएको ‘नम्बरी सुन’को ट्रेलर

काठमाडौं : राजु गिरी निर्देशित सिनेमा ‘नम्बरी सुन’को ट्रेलर रिलिज गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले २ मिनेट ५९ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा सिनेमाका मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटाको प्रेम देख्न सकिन्छ। यति मात्रै नभएर भरपुर द्वन्द पनि छ ट्रेलरमा। उसो त कमेडी पनि छ। जे होस् ट्रेलर गजब छ।

यही श्रावण २५ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमामा गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, विनोद न्यौपाने, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।