काठमाडौं : ‘नेपाल आइडल सिजन २’ का विजेता हुन् रबि ओड। गायनसँगै अभिनयमा अब्बल रवि पछिल्लो समय निकै व्यस्त थिए। एकाएक उनलाई बलात्कारको आरोप लागेको खबर आयो। उनलाई श्रीमतीले बलात्कारको मुद्दा हालेकी थिइन्।
केही हप्ता हिरासतमा बसेका रवि धरौटीमा रिहा भएका थिए। तर आज कञ्चनपुर जिल्ला अदालतले रविडलाई वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको छ। न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।
ओडकी पत्नीले गत चैत २० गते गायक विरुद्ध कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी गरेकी थिइन्। आइतबारको सुनुवाइपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो।प्रहरीमा आत्मसमर्पण गरेका गायक ओड अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका थिए।















