काठमाडौं : अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत स्टारर सिनेमा ‘तेल भिजा’को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले आइतबार एक नयाँ पोस्टर रिलिज गर्दै आगामी मंसिर ७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।
रिलिज गरिएको पोस्टरमा विपिनको डबल रोल रहेको छ। वर्षा निकै भावुक मुद्रामा छिन्। त्यस्तै अन्य कलाकारहरुलाई पनि पोस्टरमा देखाइएको छ। वेल डन कृयसनको ब्यानरमा निर्माण भएको सिनेमालाई शंकर घिमिरेले निर्देशन गरेका छन्। सिनेमामा शंकरकै कथा रहेको छ।

अमेरिकाको छायांकन सकाएर नेपालमा छायांकन गरिएको सिनेमामा वर्षा र विपिन मुख्य भुमिकामा रहेका छन्। पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ लगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहेको छ। ऋचा घिमिरेको प्रस्तुति रहेको सिनेमाका निर्माताहरु अनिल पाण्डे र शिवराज कार्की हुन। त्यस्तै कार्यकारी निर्माताको रुपमा भने प्रिन्स युवराज कार्की र श्रुति कार्की रहेका छन्।
सिनेमालाई सुशान प्रजापतिले खिचेका हुन् भने अजय खड्काले सम्पादन गरेका छन्।















