काठमाडौं : आज शुक्रबारदेखि अनिल बुढामगर निर्देशित सिनेमा ‘घर ज्वाईं’ प्रदर्शनमा आएको छ । सिनेमाको मंगलबार राजधानीमा भव्य कार्यक्रमको आयोजना गर्दै प्रिमियर गरिएको थियो। प्रिमियरमा सिनेमाले राम्रो प्रतिक्रिया पाएको थियो।
सिनेमालाई देशभर राम्रो शो दिइएको छ। सिनेमाले सुरुवाती व्यापार राम्रो गर्ने आँकलन गरिएको छ। मौलिक कथामा निर्माण भएको सिनेका लेखक पनि अनिल बुढा मगर नै हुन्। सिनेमामा अनिल बुढा मगर, विनोद खतिवडा र सुवास कोइरालाको पटकथा रहेको छ। जिएम मुभिज प्रोडक्सनको प्रस्तुति रहेको सिनेमा रुकुमका विभिन्न स्थानमा छायांकन गरिएको हो।
दया र मिरुनाका अलावा सिनेमामा शिशिर बाङ्देल, राज थापा मगर, कविता आलेमगर, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। सिनेमालाई सुशान प्रजापतिले खिचेका हुन् भने कृष्ण भण्डारीले सम्पादन गरेका छन्।















