Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पिर पर्या छ’ : अन्तरजातीय प्रेममा परेका जोडीको पीडा

काठमाडौं : गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्या छ’ को भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा बिना राउत, आर्यन राउत र अर्जुन भुषाल फिचर्ड छन् । गीतले अन्तरजातीय प्रेममा परेका एक जोडीको पीडालाई प्रस्तुत गरेको छ । आफूले मनपराएकी प्रेमिकालाई माग्न जाँदा युवतीकी दाजुले आफूभन्दा तल्लो जातको भएर प्रेम गर्ने भन्दै गाली गरेर फर्काएपछिको पीडालाई गीतमा देखाइएको छ ।

गीतमा राउत स्वयंमको शब्द, भीम बिसीको संगीत, कुमार रानाको मिक्सिङ तथा मास्टरिङ छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन रानाको रेकर्ड, विश्व अधिकारीको एरेन्ज र सन्दिप कार्कीको पाश्र्व संगीत छ भने राहुल बराइलीको निर्देशन रहेको भिडियोमा नरेश ऐर एण्ड टिमको छायांकन र मिन रावलको सम्पादन तथा कलर छ ।